काभ्रेका पूर्व राज्यमन्त्रीलाई कोरोना संक्रमण


मोतीराम तिमल्सिना, काभ्रे । 

काभ्रे जिल्लाबाट पुर्व राज्यमन्त्री भएका एक ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । काठमाडौमा उपचार गराईरहनु भएका उहाँमा भदौ १० गते टेकु स्थित प्रयोगशालमा गरिएको परिक्षणमा संक्रमण पुष्टी भएको हो ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार पुर्व राज्य मन्त्रीमा कोरोना संक्रमण पुष्टी भएको हो । काठमाडौमा उपचारार्थ उहाँसँग नजिक रहेका ब्यक्तिहरुको खोजी गर्ने र परिक्षण गर्ने तयारी गरिएको डा. झाले बताउनु भयो । ५३ बर्षिय पुर्व राज्यमन्त्रीलाई तीन दिन देखि आईसियुमा राखेर उपचार भईरहेको छ । घरमा पनि ज्वरो आएर केहि दिन देखि सलाईन लगाईएको थियो । विभिन्न रोगको उपचार गराई आराम गराई रहनु भएका उहाँको अवस्था सामान्य हुँदै गएको परिवारका सदस्यले बताएका छन् ।

काभ्रे पलाञ्चोक जिल्लामा बुधबार साँझसम्म १ सय ७४ जनामा संक्रमण पुष्टी भएको थियो । संक्रमणको संख्या थपिदै जाँदा समुदायमा भने सजगता अपनाईएको छैन ।