सरकारद्वारा उपभोक्ता परिषद्मा प्रेमलाल मनोनित


नेपाल समाचारपत्र, काठमाडौं
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रेमलाल महर्जनलाई उपभोक्ता संरक्षण परिषद्को सदस्यमा मनोनित गरेको छ ।
उपभोक्ता हक अधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशील महर्जन राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष हुनुहुन्छ । मन्त्रिस्तरीय बैठकले उपभोक्ता संरक्षणको ऐन २०७५ को दफा २२ को उपदफा (२) को खण्ड (ड) बमोजिम महर्जनलाई दुई वर्षका लागि मनोनित गरिएको हो ।
सो दफामा उपभोक्ता हकहितस“ग सम्बन्धित निकाय वा संस्थामा कम्तीमा पा“च वर्ष काम गरेको अनुभव भएको व्यक्तिहरु मध्येबाट कम्तीमा एक जना परिषद्मा रहने उल्लेख गरिएको छ ।
परिषद्को अध्यक्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहनेछ । परिषद्मा उद्योग वाणिज्य, कृषि तथा पशुपंछी, भूमि व्यवस्था, अर्थ, गृह, कानुन र स्वास्थ्य गरी सातवटा मन्त्रालयका सचिव र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सका सदस्यहरु रहनेछ ।
सो ऐनको दफा २४ मा परिषद्को काम, कर्तव्य अधिकारीमा उपभोक्ता अधिकार, आपूर्ति व्यवस्था, वस्तु वा सेवाको गुणस्तरसम्बन्धी नीति निर्धारण, नीति संशोधनमा विषयमा सरकारलाई आवश्यक सुझाव दिने कार्य तोकिएको छ।
त्यसैगरी उपभोक्ता हकहितसम्बन्धी सुसूचित गराउने, उपभोक्ता हितसम्बन्धी पाठ्यसामग्री तयार पार्ने, आवश्यक नीतिगत व्यवस्था गर्ने,उपभोक्ता अधिकार संरक्षणका लागि आवश्यकतानुसार प्रदेश वा स्थानीय तहमा निर्देशन दिनेलगायत कार्यहरु गर्ने परिषद्को मुख्य जिम्मेवारी रहेको छ ।
उपभोक्ता संरक्षण परिषद्को सक्रियतालाई ध्यानमा राखेर महर्जनलाई नियुक्ति गरिएको मन्त्रालयको आपूर्ति नीति तथा नियमित शाखाका उपसचिव उर्मिला केसीले जानकारी दिनुभयो ।