सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ वृद्धि


काठमाडौं ।

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेकाे छ । सुनको भाउ आज तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९६ हजार ८सय रुपैयाँ थियो । यस्तै हिजाे तेजावी सुन प्रति तोला ९६ हजार ३०० रुपैयाँमा काराेबार भएको थियाे । बिहिबार (आज) तेजावी सुनकाे मूल्य ९७ हजार १ सय रूपियाँमा काराेकार भइरहेकाे छ ।

हिजाे चाँदीको भाउ भने १० रूपियाँले तोलाको एक हजार ३ सय १० रुपैयाँमा कारोबार भएकाे थियाे । बिहिबार (आज) चाँदीकाे मुल्य १ हजार ३सय ४५ मा काराेबार हुँदै छ ।