प्रहरी हिरासतमा रहेका एक युबकको मृत्यु


सञ्जय कार्की, रौतहट ।

प्रहरी हिरासतमा रहेका एक युबकको गएराती मृत्यु भएको छ । कर्तब्य ज्यान मुध्दाको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले हिरासतमा लिएका बिजय रामको उपचारको क्रममा मृत्यु भएको छ ।

गत साउन ३१ गते गरुडा नगरपालिका–८ जिगडिया स्थित सच फलफुल नर्सरीमा कार्यरत १७ बर्षिय निरञ्जन रामको हत्या आरोपमा पक्राउ परेका बिजय रामको मृत्यु भएको हो ।

प्रहरीको यातना बाट रामको मृत्यु भएको दलित अधिकारकर्मीहले बताएका छन भने प्रहरीका अनुसार किडनीका बिरामी रहेका रामको नेशनल मेडिकल कलेज बीरगजमा उपचारको क्रममा मृत्यु भएको हो ।

नीरञ्जन रामको हत्याको अनुसन्धानमा ईलाका प्रहरी कार्यालय गरुडाले निर्दोष ब्यक्ति लाई पक्राउ गरेको भन्दै दलित समुदायहरु केही दिन देखि आन्दोलित रहेको अबस्थामा बीजय रामको मृत्यु भएको छ ।

नीरञ्जन रामको घाटी रेटी हत्या गरेपछि ईलाका प्रहरी कार्यालय गरुडाले सात जना लाई पक्राउ गरी भदौ ४ गते सार्बजनिक गरेको थियो । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतोले कर्तब्य ज्यानमुध्दाका बीजय रामको उपचारको क्रममा मृत्यु भएको बताउनु भयो ।