सञ्चारको पहुँचबाट वञ्चित ओलाङचुङगोला


ताप्लेजुङ, (नेस)
ओलाङचुङगोलामा एक महिनादेखि नेपाल दँर सञ्चारबाट सञ्चालित भिस्याटमा समस्या आएदेखि यस क्षेत्र सञ्चारको पहुँचबाट वञ्चित हुन पुगेको छ ।

ओलाङचुङगोला ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकाको ३२ सय मिटर उचाइमा अवस्थित अन्तिम गाउँ हो । यस गाउँमा ५३ घरधुरी र याङमा १० घर–परिवार बसोबास गर्दै आएका छन् । एक महिनादेखि भिस्याडमा समस्या आएदेखि सञ्चारको पहुँचबाट वञ्चित हुन पुगेको समृद्ध पहाड परियोजनाका परियोजना साहयक जितेन चेम्जोङले जानकारी दिनुभयो ।

ओलाङचुुङगोलामा भौगोलिक कारणले रेडियो सुन्न नसकिने र डिसहोम नेटवर्कको साहयताले टिभी हेर्न सकिने भए पनि अहिले लघु जलविद्युत्को मेसिनमा आएको समस्याका कारणले बिजुली उत्पादन घटेपछि टिभीबाट पनि सँचना लिन समस्या रहेको परियोजना साहयक चेम्जोङले जानकारी दिनुभयो ।

एक गाउँबाट अर्को गाउँ पुग्न एक दिन लाक्ने भएकाले आपत्–विपद् हुँदा आफन्ताहरूसँग सम्पर्क हुन समस्या भएको स्थानीय नुप शेर्पाले बताउनुहुन्छ । नेपाल दँर सञ्चार कार्यालय प्रविधिकले भिस्याडमा नयाँ अपडेट गरेदेखि नेटवर्क दिन छोडेको भिस्याट सञ्चालक तथा फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङले जानकारी दिनुभयो । मोबाइल सेवाका लागि टावर स्थापना गर्नका लागि नेपाल दँर सञ्चारसँग समन्वय भइरको प्रवक्ता वालुङले जानउनुभयो ।

मोबाइल सेवाका लागि दँर सञ्चार कार्यालयले सबै प्रक्रिया अगाडि बढाए पनि सार्वजानिक यातायात सञ्चालन नभएकाले आवश्यक सामग्री र प्रविधिक ल्याउन समस्या रहेको ताप्लेजुङका नेपाल दँर सञ्चार कार्यालय प्रमुख वीरेन्द्र चेम्जोङ बताउनुहुन्छ ।