बैंकमा निक्षेप बढ्यो


नेपाल समाचारपत्र, काठमाडौं

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १८ दशमलव ७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १८ प्रतिशतले बढेको थियो । असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः १० प्रतिशत, ३१ दशमलव ९ प्रतिशत र ४८ दशमलव ६ प्रतिशत रहेको छ । , गत आर्थिक वर्षमा ९ प्रतिशत र ४८ गत आर्थिक वर्षमा ६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ९ गत आर्थिक वर्षमा ७ प्रतिशत, ३२ दशमलव ८ प्रतिशत र ४६ दशमलव ३ प्रतिशत रहेको थियो ।

असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४ गत आर्थिक वर्षमा ३ प्रतिशत रहेको छ । २०७६ असार मसान्तमा यस्तो निक्षेपको अंश ४५ दशमलव ३ प्रतिशत रहेको थियो ।

कर्जातर्फ बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १९ दशमलव ४ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १६ प्रतिशतले र वित्त कम्पनीहरुको ८ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह १६ दशमलव २ प्रतिशतले घटेको छ । छ वटा विकास बैंक वाणिज्य बैंकमा गाभिएका तथा प्राप्ति भएका कारण विकास बैंकको कर्जा प्रवाह घटेको देखिएको हो ।

असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६५ गत आर्थिक वर्षमा ७ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४ दशमलव ४ प्रतिशत र १३ दशमलव ५ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७६÷७७ मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा १६ दशमलव ७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११ दशमलव ५ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १२.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १८ दशमलव ६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ७ दशमलव ७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा २२ दशमलव १ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २७ दशमलव ७ प्रतिशतले, ओभरड्राफट कर्जा ७ दशमलव २ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ८ दशमलव ७ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा १४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ८ दशमलव १ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ११ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ३ दशमलव ८ प्रतिशतले घटेको छ ।