स्कुटर दुर्घटना हुँदा एकको मृत्यु


रुपन्देही ।
तिलोत्तमा नगरपालिका-३ सिताराईस मिलस्थित सडकमा लु.२६ प १४५५ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-२ शंकरनगर बस्ने ४० वर्षीय शंकर कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।