आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट


अछाम ।
मेल्लेख गाउँपालिका-३ बस्ने पदम बहादुर शाहको घरमा मंगलबार राति विद्युत सर्ट भई आगलागी हुँदा अन्नपात, लत्ता कपडा, घरको काठपात र भाँडा बर्तन पूर्णरुपमा जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्र्डणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।