सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घट्याे


काठमाडौं । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलाको ९६ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ७ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ थियो ।यस्तै आज तेजावी सुन प्रति तोला ९६ हजार ३०० रुपैयाँ कायम भएको छ ।चाँदीको भाउ भने आज १० रूपियाँले घटेर तोलाको एक हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।