गल्छी गाउंपालिकाले गर्यो लकडाउन

0
Shares

धादिङ । गल्छी गाउंपालिकाले आज देखि १६ गते सम्म गाउंपालिका भित्र संचालित अत्यावश्यक सेवा बाहेक सबै बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको बढ्दो प्रकोपलाई ध्यानमा राखी उक्त निर्णय गरेको गाउंपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले जानकारी दिनुभयो ।
गाउंपालिका भित्र कोरोना संक्रमण देखिन थालेपछि स्वास्थ्य सेवा बाहेकका सबै सेवालाई १६ गते सम्म संचालन नगर्न पनि गाउंपालिकाले अपिल गरेको छ ।
गाउंपालिका भित्र रहेका बित्तिय संस्थालाई पनि हप्ताको दुई दिनमात्रै संचालन गर्न आग्रह गरिएको छ ।