बुद्ध र सज्जाले गाए हुँदै हुन्न


गायन रियालिटी शो नेपाल आइडल सिजन–१ विजेता गायक बुद्ध लामा र हाल नेपाल आइडल सिजन–३ को फाइनल–३ मा रहेकी प्रतिस्पर्धी सज्जा चौलागाईंको युगल स्वरमा हुन्न हुन्न हुँदै हुन्नको म्युजिक भिडियो सार्वजनिक भएको छ।
रोमान्टिक फ्लेवरको गीतमा रमेश दाहालको रचना र टीका दाहालको संगीत छ भने राहुल प्रधानले संगीत संयोजन गरेका छन्। यसको म्युजिक भिडियोमा गायक बुद्ध लामा र नायिका मलिका महतको रोमान्स देख्न सकिन्छ। सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका छन्। नविन निरौलाले कलरिङ र सम्पादन गरेको भिडियोलाई गम्भीर विस्टको निर्देशनमा तयार पारिएको हो। भिडियो रिलिजसँगै यसको निर्माण टिमले टिकटक कम्पिटिसनको घोषणा गरेको छ। गीतको कुनै पार्टमा डोयट टिकटक बनाएर सहभागी भएमा उत्कृष्ट–२ जनालाई प्रस्तुतिको आधारमा १०–१० हजार पुरस्कारस्वरूप प्रदान गरिने निर्माण संस्थाले जनाएको छ।