मुटुभरि देश बोकी आए रामकृष्ण


लोकप्रिय गायक रामकृष्ण ढकालको कर्णप्रिय स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ। गायक ढकालको स्वरमा राष्ट्रिय भावनाले ओतप्रोत भएको नयाँ गीत सार्वजनिक गरिएको हो। कवि तथा गीतकार महेश्वर शर्माको रचना रहेको मुटुभरि देश बोकी बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

कविता र गीतमा कलम चलाउँदै आएका शर्माको यो पहिलो रेकर्डेड गीत हो। गीतमा गायक ढकालका साथमा गायिका मेलिना राईले स्वर दिएकी छिन्। गीतलाई संगीतकार आनन्द राईले संगीतबद्ध गरेका छन्। महाराज थापा गीतका संगीत संयोजक हुन्।

गीतको म्युजिक भिडियो युवराज वाइबाले निर्देशन गरेका छन्। भिडिया राज पोखरेल र दीपेन्द्र भट्टले छायांकन गरेका छन् भने विकास दाहालले सम्पादन गरेका छन्।

गीतको म्युजिक भिडियोमा रचनाकार महेश्वर शर्मा, गायक रामकृष्ण ढकाल, गायिका मेलिना राई, संगीतकार आनन्द राई तथा सोनम पाण्डे शर्मा, कृष्ण शर्मालगायतलाई देखाइएको छ भने कलाकारहरू सरोज दाहाल र साक्षी लम्सालको अभिनय रहेको छ।