आज थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, ३१३ डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

आज थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १९ हजार ११९ उपचारपछि निको भएको गौतमले बताए । नेपालमा हालसम्म १५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।