काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, बैठक बस्दै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

उपत्यकामा लागु गरिएको निषेधाज्ञाबारे आज तीन जिल्लाका प्रमुख अधिकारीले छलफल गर्ने भएका छन् ।

दिउँसो ३ बजेदेखि बस्न लागेको सो बैठकमा हालसम्मको निषेधाज्ञाको समीक्षा गर्नुका साथसाथै पुनः थप्ने वा नथप्ने भन्नेबारे निर्णय हुने छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठक बस्ने तयारीमा रहेको जनाइएको छ । कोरोना संक्रमितको संख्या बढसँगै उपत्यका लगाएत देशका धेरै जसो ठाउँमा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञामा औषधि, खाद्यवस्तु र अत्यावश्यक बाहेकका अन्य काममा रोक लाग्एको छ । स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेकका अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख उपस्थित हुनेछन् ।

संक्रामक रोग ऐन–(२) को दफा २ र स्थानीय प्रशासन ऐन–(२) को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितिको निर्णय अनुसार उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो ।