पूर्व मन्त्री वकिल मुसलमानद्वारा स्थानीय तहलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

0
Shares

यमलाल भुसाल, बुटवल ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा पुर्व बन मन्त्री वकिल मुसलमानले लुम्बिनी सांस्कृतिक नगरपालिका र गैडहवा गाउपालिकामा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्नु भएको छ ।

बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरसको संक्रमणलाई कम गर्न अग्रपंक्तीमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनीधिहरुका लागि उक्त सामाग्री बितरण गरिएको जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्लामले जानकारी दिनु भएको छ ।

सुरक्षा सामग्री स्थानिय तहका प्रमुखहरुलाई हस्तान्तरण गर्दै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा पुर्व बन मन्त्री मुसलमानले कोभिड १९ को संक्रमण समुदायमा समेत फैलिन थालेकोले कोभिड १९ को संक्रमणलाई रोकथाम गर्न अग्रभागमा रही काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई संक्रमणवाट बचाउन आफुले आफ्नै खर्चमा ब्यक्तिगत सुरक्षा सामग्री प्रदान गरेको बताउनु भएको छ ।

बिषम परिस्थितीमा आम नागरिकको स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई सम्मान गर्दै पुर्व बन मन्त्री मुसलमानले जस्ले आम नागरिकका सेवामा हरपल खटिएका हुन्छन उनिहरुको जिवन रक्षा गर्नु हरेक नागरिकको दायित्व भएको र आफुले थोरै भएपनि सुरक्षा सामग्री उपलब्ध गराएको उल्लेख गर्नु भयो ।

पुर्व मन्त्री मुसलमानले लुम्बिनी सांस्कृतिक नगर पालिकाका स्वास्थ्य शाखाका प्रतिनीधी राजेन्द्र प्रसाद कुर्मी र गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको । स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण कार्यक्रममा पि पि ई ११ थान, थर्मल गन ३ थान,मास्क ८ सय थान,थान र हेण्ड्स ग्लोब्स २५० जोडा प्रदान गरिएको थियो ।