प्रदेश ५ मा एकैदिन पाँच जनाले गरे आत्महत्या

0
Shares

यमलाल भुसाल, बुटवल ।

विगत २४ घण्टामा रुपन्देही र अर्घाखाँचीमा गरि ५ जनाले आत्महत्या गरेका छन । रुपन्देहीमा २ जना र अर्घाखाँचीमा ३ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

पछिलो समयमा आत्महत्या वाट ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढन थालेकोले यसको सत्य तथ्य पत्ता लगाउन जरुरी रहेको छ ।

कोरोनाको महामारी फैलिरहेको समयमा आत्महत्याको संख्या बढनु चिन्ताको विषय भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले बताउनु भयो । जिल्लामा हरेक दिन आत्म हत्याका घटना हुन थालेको समेत प्रनाउ बुढाथोकीले बताउनु भयो ।

यसैबीच अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका८झाक्रेपानी बस्ने बर्ष ७६ को ईन्द्र बहादुर बस्नेतले आफ्नै घरको दलिनमा सोमवार दिउसो झुण्डिएर आत्म हत्या गरेका छन ।बस्नेतले दिउसो ३ वजे आत्महत्या गरेको र थप अनुसन्धान ईलाका प्रहरी कार्यालय खनवाट भईरहेको छ ।

त्यस्तै जिल्लाको सितगंगा नगरपालिका ६ ठूलाढूङग्रे बस्ने बर्ष ४७ को टेक बहादुर बिरकट्टाले पनि आफ्नै गोठमा झुण्डिएर आत्म हत्या गरेका छन ।  बिरकट्टाले दिउसो पौने ३ वजे आत्म हत्या गरेको र थप अनुसन्धान ईलाका प्रहरी कार्यालय ठाडाबाट भईरहेको छ ।

सोमवार नै जिल्लाको भुमिकास्थान नगरपालिका १ सामेखोला बस्ने बर्ष १५ कि बालिकाले गोपी लाल खनालको (घरमा कोही नबस्ने र हुम बहादुर नेपालीले रेखदेख गर्ने)घरको ओसारीमा झुण्डिएर आत्म हत्या गरेकी छन ।

दिउसो साढे ४ वजे आत्महत्या गरि ज्यान गुमाएको र थप अनुसंन्धान जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट भई रहेको प्रनाउ बुढाथोकीले बताउनु भयो ।

रुपन्देही ओमसतीया गाउपालिका ५ पिप्राहवा वस्ने वर्ष ४० को राजु थापा मगरले आफ्नै सुत्ने कोठाको वलोमा झुण्डिएर आत्म हत्या गरेका छन । सोमवार विहान साढे १० वजे भएको उक्त घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान भईरहेको छ ।

त्यस्तै रुपन्देही देवदह नगरपालिका १२ ढोलवजार वस्ने वर्ष २५ को डम्वर कुवंरले सल्फास नामक विषादी सेवन गरी आत्म हत्या गरेका छन । विषादी सेवनवाट अर्धचेत भएका कुवंरको लुम्विनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममो मृत्यु भएकोहो । घटनाका सम्बन्धमा ईलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।