पत्नीको पैसाबारे प्रश्न गरेका पत्रकारलाई राष्ट्रपतिको जवाफ : ‘तिम्रो मुखमा मुक्का हान्न मन छ’


ब्रासिलिया (एजेन्सी) ।

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो आफ्नी पत्नी मिसेल बोल्सोनारोका सम्बन्धका सोधिएको एक प्रश्नलाई लिएर क्रोधित बन्न पुगेको बताइएको छ ।

उनले प्रश्न सोध्ने पत्रकारलाई भने-‘ मलाई तिम्रो मुखमा मुक्का दिन मन लागेको छ । ‘ पत्रकारले राष्ट्रपतिसँग उनकी पत्नीको बैंक खातामा भएको पैसाका बारेमा प्रश्न सोधका थिए । मुुक्का प्रहार गर्ने धम्की दिएको यो घटना आइतबारको हो ।

यसअघि आएका समाचारहरुमा राष्ट्रपतिका छोराका एक सहयोगीले प्रथम महिलाको बैंक खातामा १२ हजार ७ सय ८० डलर जम्मा गरेका थिए । यस घटनालाई लिएर विवाद भइरहेको छ । यस विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै राष्ट्रपति भने-‘ म तिम्रो अनुहारमा मुक्का हान्न चाहन्छु । हुन्छ? राष्ट्रपतिको यस बयानपछि अखबारले एक विज्ञप्ती जारी गर्दै राष्ट्रपतिको ब्यवहारको निन्दा गरेकोछ ।’

आफ्नो पत्रकारले पशेवर तरिकाले आफ्नो काम गरिरहेको अखबारले जनाएको छ । राष्ट्रपतिको ब्यवहारले उनी जनसेवकको जिम्मेवारी, जुन जनता प्रति अत्यन्त जिम्मेवार हुनु पर्ने कुरालाई नबुझेको देखाएको विज्ञप्तीमा उल्लेख छ । यसअघि ब्राजिलका सन्चार माध्यमहरुले राष्ट्रपतिका सयहोगी फब्रिसियो क्विरोजले सन् २०११ देखि सन् २०१८को बीचमा ती पैसा प्रथम महिलाको बैंक खातामा जम्मा गरेको जनाएको थियो ।

फब्रिसियो क्विरोज राष्ट्रपतिका जेठो छोरा फ्लेविओ बोलसोनारोका रियो डी जेनेरियाका विधायक रहँदका क्रममा सहयोगी थिए । क्विरोजलाई पैसा जमा गरेकोमा हालै दिनमा गिरफ्तारीमा परेका छन् र उनीमाथि सोधपुछ भइरहेको छ । यसबीच प्रथम महिलाले यस घटनामा आफुले भन्न लायक केही पनि नभएको प्रतिक्रिया दिएकी छन् । भ्रष्टाचारको विरोधमा नारा दिँदै राष्ट्रपति बोल्सोनारो सन् २०१८ मा चुनाव जितेर सत्तामा पुगेका थिए ।