कोरोना संक्रमणबाट काँग्रेस नेता रञ्जितको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमणबाट काठमाडौंमा काँग्रेस नेताको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका वडा न. २१ का कार्यसमिति सभापति समेत रहेका गोविन्द रञ्जितको कोरोनाबाट मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि रञ्जित आइतबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्तालमा भर्ना भएका थिए । उनको अवस्था गम्भीर रहेकाले उनलाई भेन्टिलेटर कक्षमा भर्ना गरिएको थियो ।