उपत्यकामा निषेधाज्ञा भदौ १५ सम्म

0
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा बढाउने उदेश्यले आज दिउसो तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा अपरान्ह ३ बजे बस्ने बैठकमा तीनवटै जिल्लाका सिडियो र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिती रहने भएको छ। स्रोतका अनुसार कोरोना संक्रमणको स्थिति उस्तै रहेकाले निषेधाज्ञा लम्ब्याउने सम्भावना छ।
निषेधाज्ञा १५ गते सम्म लब्याउने भएको छ ।

गत भदौ ३ गते मध्यरातदेखि एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गरिएको थियो। अहिले काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्नसमेत निषेध गरिएको छ।