ताराको गुलेलीमा नाजिर र जेबिका


गीतकार तारा अधिकारीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन्। ताराले सुनौलो तारा युट्युब च्यानलबाट आफ्नो गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।
सान थापाको निर्देशनमा तयार भएको गुलेली बोलको गीतको म्युजिक भिडियोमा नाजिर हुसेन र जेबिका कार्कीले अभिनय गरेका छन्। भिडियोमा छायांकन अर्जुन तिवारीको छ। गीतमा संगीत दीपक शर्माको छ भने किरण भुजेल र मेलिना राईले गाएका छन्। गीत साहस शाक्यले एरेन्ज गरेका हुन्।
गीतकार अधिकारीका गीतहरू लकडाउनका समयमा धेरै रिलिज भएका छन्। योभन्दा अघि सुनौलो तारा एल्बमका गीतहरूको पनि म्युजिक भिडियो र लिरिकल भिडियोहरू सार्वजनिक भइसकेका छन्। नाजिरकै अभिनय रहेको अधिकारीको योभन्दा अघिको गीत लुकी–लुकी चोरी–चोरीले जस्तै यो गीतले पनि राम्रो सफलता पाउने आशा गीतकार तारा अधिकारीले राखेकी छन्। तारा अधिकारीका शब्दमा रहेका गीत सबै सुनौलो तारा युट्युब च्यानलमा अपलोड गरिएको छ ।