आज थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म १५७ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ७६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जनाएका छन् । आज थप १७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १८ हजार ८०६ उपचारपछि निको भएको गौतमले बताए ।

नेपालमा हालसम्म १५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।