एकै संस्थाका ३ जनामा कोरोना पुष्टि

0
Shares

 नानीराम नेपाल, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकस्थित एक गैरसरकारी संस्थाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साता अघि ४ जना संक्रमित फेला परेपछि उनिहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाव परिक्षण गर्दा थप ३ जना पूरुषमा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको हो । संक्रमित तिनै जना जिल्ला सदरमुकाम चौतारा बजारमा रहेको एक गैरसरकारी संस्थामा कार्यरत थिए । सोमबार ३ जना संक्रमित थपिएपछी सिन्धुपाल्चोकमा जारी लकडाउन कडाई गरिएको छ ।

समुदायस्तरमै संक्रमण फैलिएको आशंकामा लकडाउन कडा गरिएको जिल्लास्तरिय कोभिड १९ रोकथाम तथा नियन्त्रण संयन्त्रले जानकारी दियो ।