उत्तर कोरियाली नेता किमको मृत्यु भइसकेको विज्ञको दावी


सोल (एजेन्सी) ।

उत्तर कोरियाली नेता किम जोंग उनको मृत्यु भइसकेको एक विज्ञले दावी गरेको छ । केही दिन मै उनकी बहिनी किम यो जोंगले उनको कुर्सी सम्हाल्ने पनि उनले बताए । यसअघि किम जोंग कोमामा गएको समाचार बाहिर आएको थियो । ३६ बर्षिय नेता सन् २०११ देखि उत्तर कोरियाको सर्वोच्च नेताको पदमा रहँदै आएको छ ।

दक्षिण कोरियाका पुर्व राष्ट्रपति किम दाय् जंगका अधिकारी रहिसकेका चांग साेंग मिनले किम जोंग उन कोमामा भएको दावी गरेका थिए । त्यसको लगत्तै उत्तर कोरियामा लामो समय विताइसकेका पत्रकार राय केलीले उक्त देशमा कुनै कुरा त्यहा बस्ने नागरिकहरुले पनि थाहा नहुने गरी गोप्य राखिने बताए । कतिपय वरिष्ठ अधिकारीहरुले समेत के भइरहेको छ भन्ने विषयमा थाहा हुँदैन । डली एक्सप्रेससगको कुराकानीमा उनले भने – ‘साँच्चै भन्ने हो भने उनको मृत्यु भइसकेको छ भन्ने लागेको छ तर त्यो देशका बारेमा केही भन्न सकिने अवस्था छैन ।’

किमलाई लिएर उत्तर कोरिया आलटाल गर्ने जवाफ दिइरहेको छ । त्यसैले त्यहाँ कुनै ठुलो परिवर्तन हुन लागेको छ भन्ने लागेको छ । केलीले भने – ‘जब किम जोंगका पिता किम जोंग इलको मृत्यु भएको थियो, त्यतिबेला पनि नागरिकलाई कयौं महिनापछि जानकारी दिइएको थियो । अहिले पनि त्यही भइरहेको छ भन्ने मलाई लागेको छ । यसको पुष्टि र स्थिति स्पष्ट त्यतिबेला हुनेछ जब उनकी बहिनी किम यो जोंग पुर्ण रुपमा सत्ता सम्हाल्ने छिन् ।’

यद्यपी चांगले किम जोंग उनको मृत्यु नभएको र अहिले पनि कोमामा रहेको दावी गरेका छन् । अहिले नै उत्तराधिकारी तय गर्ने प्रक्रिया भएको छैन । त्यसैले किम यो जोंगलाई अगाडी सारिरहेको छ । किनभने धेरै समयसम्म गद्दी खाली राख्न सकिँदैन ।

यस प्रकारको अुनमान गत अप्रिलमा पनि फैलिएको थियो , त्यतिबेला पनि किम जोंग उन लोमा समयसम्म सार्वजनिक रुपमा देखा परेका थिएन ।

उत्तर कोरियाको सय तथ्यका लेखक रुथ एनी मोन्टीले यसअघि नै किमको स्वास्थ्य खराब रहेको र उनलाई हिँड्नका लागि पनि कठिनाई भइरहेको बताएकी थिइन् ।

एक्स्प्रेस डट सीओ डटयुकेलाई उनले भनिन् , किम अन्यन्तै गम्भिर रुपमा अस्वस्थ हो । उ धरै नै मोटो छ, धुमपान, मदिरा सेवन र अत्यधिक खाना उनको बानी हो ।