कालीगण्डकीमा हाम फालेका एक युवक बेपत्ता


न्युज अफ नेपाल,  नवलपरासी ।

पूर्वी नवलपरासीको पहाडी पालीघाटको झोलुङ्गे पुलबाट कालीगण्डकीमा हामफालेर एक युवक बेपत्ता भएकाछन् ।

बेपत्ता हुनेमा बौदिकाली गाउंपालिका वडा नं. २ निवासी ३० वर्षीय कृष्ण खनाल रहेको जिप्रका पूर्वी नवलपरासीले जनाएको छ ।
तनहू र नवलपरासी पूर्व जोड्ने बौदीकालीकै पालीघाटको झोलुड.गे पुलबाट आईतबार दिउसो एक एक हामफालेका थिए ।

खनाललाई स्थानीय र प्रहरीले नदी क्षेत्रमा खोजतलास जारी राखे पनि हाल सम्म फेलापार्न नसकेको जिप्रका नवलपरासी पूर्वका प्रवक्ता प्रनाउ मोहन बहादुर खांणले बताउनु भयो ।