ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक बोर्ड प्रदान


काठमाडौं, (नेस)
ग्लोबल आइएमई बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोल हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमका बीच बैंकको गाईघाट शाखाका प्रबन्धक रविनराज दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायब निरीक्षक होमप्रसाद खनाललाई उक्त जनचेतनामुलक ट्राफिक संकेत बोर्ड तथा पोल हस्तान्तरण गर्नुभएको हो ।