एनएमबिद्वारा कञ्चन विकास बैंक एक्विजिसन


काठमाडौं, (नेस)
एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई एक्विजिसन (प्राप्ति) गरी आइतबारदेखि एकीकृत वित्तीय कारोबारको शुरूआत गरेको छ । यस प्राप्तिपश्चात बैंकको चुक्ता पुँजी १४ दशमलव ४५ अर्र्ब तथा जगेडा कोषको आकार ७ दशमलव ३५ अर्बमा वृद्घि भएको छ ।

प्राप्ति पश्चात बैंकको नाम एनएमबि बैंक नै रहने छ भने रजिष्ट्रर्ड÷मुख्य कार्यालय साविककै बबरमहल काठमाडौंमा रहेको छ ।

एकीकृत वित्तीय कारोवारको थालनीसँगै, एनएमबि बैंककोे सबै प्रादेशिक संरचनामा सन्तुलित सञ्जालको विस्तार भई बैंकको ब्रान्डसमेत बलियो रुपमा स्थापित हुने बैंकले जनाएको छ । जसले शहरोन्मुख र ग्रामीण क्षेत्रका जनतामा वित्तीय पहुँच पु¥याउने बैंकको दिगोको लक्ष्य प्राप्त गर्न सरोकारवालाहरुसंँगको सहकार्यलाई अघि बढाउन मद्दत गर्नेछ ।

एनएमबि बैंकमा नेदरल्यँन्डको एफएमओ, कर्मचारी सञ्चय कोषलगायतका संस्थाको समेत लगानी रहेको छ । कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात बैंकले १८६ शाखा, ६ विस्तारित काउन्टर र १३५ एटीएमको सञ्जाल मार्फत सेवा प्रदान गर्नेछ ।