तीन बालिका बेपत्ता


सञ्जय कार्की, रौतहट ।

रौतहटमा आईतबार नदिमा बगेर तीन जना बालिका बेपता भएका छन ।

नजिकैको बाग्मती नदिमा नुहाउन गएका गढिमाई नगरपालिका–७ धर्मपुर निबासी १० बर्षिय पिकु कुमारी मुखिया, सोही स्थानकी १२ बर्षिय सुसिता कुमारी दा र १० बर्षिय चन्चल कुमारी मुखियाको बेपता भएका हुन । साथी संग मिलेर बाग्मती नदिमा नुहाउने क्रममा तीनै जना बेपता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बेपताको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।