आज थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म १५० संक्रमितको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । आज थप २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १८ हजार ६३१ उपचारपछि निको भएको गौतमले बताए ।

नेपालमा हालसम्म १५० जना कोरोना संक्रमितको मृत्यु भएको छ।