तीन वर्षको विकास निर्माणका कार्य बाढी पहिरोले बगायो, करोडौको क्षती


ललित सिंह, बझाङ ।

जिल्लाको केदारस्युँ गाउँपालिका वडानं ९ का वडाध्यक्ष आफ्नो वडा भित्र तीन बर्ष भित्र गरेका बिकास निमार्णका सम्पूर्ण योजनाहरु बाढी र पहिरोले बगाउँदा निकै चिन्तित भएका छन् । सोहि वडाको ग्वालेक गाउँका ६ घर पहिरोको उच्च जोखिममा रहेका छन् ।

वडा अध्यक्ष अहेन्द्र शाहीका अनुसार आफु जननिवाचित भैसके पछि आफ्नो वडा भित्र रहेका बिभिन्न बिकास निमार्णका कार्यहरु रातदिन नभनि निमार्ण गरियो तर अहिले बर्खायाममा आएको बाढी र पहिरोका कारण निमार्ण गरेका दशौ करोडका सिचाँई नहरहरु,जुईलिगाड लगजलबिद्युत ,वडा भित्रका बिभिन्न ठाउँमा निमार्ण गरिएका सिचाई नहर,तड्बन्धन,र बिभिन्न स्थानीय बासिन्दाको कमाई खाने खेत लगायतका सम्पूर्ण योजनाहरु बगाएर पछि अहिले स्थानीयहरु अन्धकार र अन्योलमा परेका छन् । आफुलाई अब आफ्नो वडा कसरी पुरानै बिकासमा ल्याउने भन्ने चिन्तामा रहेको अध्यक्ष अहेन्द् शाहीले बताउनु भयो । उहाँले भन्नु भयो अब सबै संरचना जुईलिगाडले बगाई हाल्यो यस पछि सबै स्थानीयलाई अहीले समस्या भएको छ यी संरचना पून निमार्ण गर्नको लागी केन्द्र सरकार र प्रदेस सरकार संग माग गरेको छ तर कसै सरोकारवालाले पनि यस तर्फ चासो भने नदेखाएको बताए ।

त्यतै जिल्लाका बिभिन्न स्थानीय तहमा भैरहेका बिकास निमार्णका कार्यहरु बर्खायामको बाढी पहिरोले बगाउँदा स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दा लाई तनाब भएको छ । जिल्लाका बाह्र वटै स्थानीयतहहरुमा बिकास निमार्णका कार्यहरुमा क्षती भएको सबै स्थानीय तहका जनप्रतिनिधिहरुले बताए छन् । जिल्लाको केदारस्युँ गाउँपालिकाको वडानं ८ मल्लेसीमा धनजनको क्षती भएको छ भने सोहि गाउँपालिका वडानं ९ मा भने तिन बर्ष देखि नै गदै आईरहेका बिकास निमार्णका कार्यहरु र बिकासधिन अवस्थामा रहेका योजना बखायामको वाढीले बगाउँदा वडाअध्यक्ष र स्थानीय बासिन्दाहरु लाई निकै तनाब भएको स्थानीयहरुको दुखेसो छ ।

आफू जनप्रतिनिधि भए पछि आफ्रनो वडामा गरे बिकास निमार्णका कार्यहरु गत असार १९ गते र साउँ २६गते राती आएको अबिरल बर्षासंगै वाढी पहिरोले तिन बर्ष अगाडि देखि नै गर्दै आएका बिकास निमार्णका सम्पूर्ण योजना पूर्णरुपमा क्षती भए पछि वडाध्यक्ष र स्थानीय जनप्रतिनिधि चिन्तीत भएका छन् । स्थानीय बजारका बासिन्दाहरुलाई अहिले सास्ती भएको छ । जिल्लाको सबै भन्दा बढी गर्मी हुने बजार झोता र देउरा बजार हो यस क्षेत्रमा बनेका बिजुलीका पाबर हाउस र नहरहरु,खानेपानीका पाईप मुहान बगाए पछि साहै् दु ः ख खेप्नु परेको झोता बजारमा होटल ब्यावसाय गदै आएकी पुजा गिरीले बताईन् । उनले भनिन् पहिले बिजुली ,खानेपानी हुँदा ब्यापार पनि राम्रै हुन्थ्यो अहिले सबै बाढी र पहिरोले बगाए पछि हामी सबै स्थानीय बासिनदाहरुलाई सास्ती भएको छ ।

बर्षेनि पहाडी भेगमा करोडौको क्षती भैरहेको हुन्छ ,बिकास गरेको नगरे जस्तो हुन्छ स्थानीयहरुले धनजनको बर्षेनी पिडा भोक्नु पर्छ यसको रोकथामका लागि सबै सरोकारवाला निकायले तत्काल पुर्नस्थापना गर्नको लागी समयमै ध्यान पुर्याउन आवश्यक देखिन्छ ।