दुई करोड लगानीमा कालिज फार्म (तस्वीरसहित)

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।

पहिले जंगलमा पाईने ‘कालिज’ प्रजातिको पंक्षी अहिले धेरैका भान्सामा सहजै स्वादिलो परिकारका रुपमा पाइन्छ । कालिजको स्वादको पारखी बढ्न थालेपछि पर्वतको कुस्माका एक जना ब्यबसायीले पनि झण्डै दुई करोड लगानी गरेर ‘रिङ्ग नेक’ जातको कालिज फार्म सञ्चालनमा ल्याएका छन ।

ब्यबसायी मनोज पौडेल र चन्द्रा पौडेल क्षेत्रीले पर्वतको कुस्मा नगरपालिका –८ ओडारेमा ‘एमसी वाइल्ड लाइफ, एग्रो एण्ड रिर्सच सेन्टर’ले ब्यबसायिक रुपमा कालिज सहित कडकनाथ, स्थानिय जातका कुखुराको ब्यबसायिक पालन गर्न शुरु गरेका हुन ।

जंगलमा पाइने चीर कालिज नेपालमा संरक्षित पंक्षी भएकाले मार्न प्रतिबन्ध छ तर अहिले बिभिन्न प्रजातिका कालिज ब्यबसायिक रुपमा पाल्न थालेपछि हरेकका भान्साको रोजाई बन्दै गएको छ । पौडेल दम्पतीले कालिजको माग बढेपछि गण्डकी प्रदेशको पर्यटकीय हवका रुपमा रहेका पोखरा र साविकको धौलागिरी अञ्चालका पर्वत, बागलुङ्ग, म्याग्दी र मुस्ताङ्गका ग्राहकलाई लक्षित गरि मध्यपहाडी लोकमार्गको पोखरा – बागलुङ्ग खण्डमा फर्म स्थापना गरेका छन । कोरोनाको कहरका बिचमा पनि कालिज, लोकल कुखुरा कडकनाथ, लौकाट, टर्कीको माग अत्याधिक भएको सञ्चालक मनोज पौडेलले बताउनुभयो । ‘पछिल्ला दिनमा कालिज र कडकनाथ जस्ता पंक्षीको माग अत्याधिक छ’ उहाँले भन्नुभयो ‘लक डाउनमा पनि माग अनुसार पु¥याउन कठिन भएको छ ।’

सञ्चालक पौडेलका अनुसार फार्ममा गत बर्ष १ सय ५० कालिजका चल्ला तथा लोकल कुखुरा, कडकनाथ, लौकाट, टर्की गरि १ हजार चल्लाबाट शुरुवात गरिएको थियो । राजमार्ग नजिक र धौलागिरी अञ्चलको प्रबेशबिन्दु भएका कारण पनि बजारको समस्या नभएपछि यस बर्ष फर्म बिस्तार भएको छ । यस बर्ष ८ सय भन्दा बढी कालिज पालिएको छ भने ४ हजार भन्दा बढी अन्य प्रजातिका कुखुरा पालिएको छ। यी सबैले अण्डा दिएपछि यस बर्ष मात्रै ५ हजार कालिज र १५ हजार भन्दा बढी अन्य जातिका चल्ला बिक्री गर्ने योजना उहाँको छ । आफैले ह्याचरी मेसिन समेत राखेर चल्ला उत्पादन गरि बिक्री पनि गर्दै आउनुभएको छ । ‘यो बर्ष माग आउने हो भने सबै गरि ५० हजार सम्म चल्ला उत्पादन गर्न सक्छौ।’

कुस्माबजारमा हार्डवयर ब्यबसाय गर्दै आएको यो दम्पतीले हार्डवयर संगै कृषिमा पनि हात हालेको हो । अहिले सम्म कुनै सरकारी अनुदान समेत यो र्फमले लिएको छैन । कृषिका फर्म सञ्चालन गर्ने भनेपछि पहिले सरकारी मुख ताक्ने प्रबृत्ति बढेको बेला आफ्नै पाखुराका भरमा ब्यबसाय सञ्चालन गर्ने अठोट यो दम्पतीको छ । ‘सरकारले अनुदान देला भनेर ब्यबसाय शुरु गरिएको होइन’ सञ्चालक चन्द्रा क्षेत्रीले भन्नुभयो ‘सरकारले अनुदान दियो भने अझै ब्यबसायलाई बढाउन सहयोग पुग्छ।’

यो फर्ममा उत्पादित कालिज, कुखुराहरु पोखरा देखि मुस्ताङ्ग सम्म पुगेका छन । फर्म अगाडी होटल र फ्रेस हाउस समेत सञ्चालन भएकाले जिउँदो किन्ने देखि मासु लैजाने सुबिधा पनि छ । स्वादिष्ट रुपमा खानका लागि पनि रिसिका होटल समेत सञ्चालनमा छ । फर्ममा उत्पादित कालिज , कडकनाथ, लौकाट, लोकल कुखुरा र मोदीको असला माछा समेतका परिकार होटलमा पनि उपलब्ध गराउन थालिएको छ ।