कोरोना कहरले गाउँघरमा पनि तिज सुनसान


बासुदेव शर्मा, जाजरकोट । 

जाजरकोट महिलाहरुको महान पर्व हरितालिका तिज यस वर्ष कोरोना कहरका कारण सुनसान बातावरणमा विदाई गरेका छन् ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नेपालमा पनि दिन प्रतिदिन उच्च जोखिम वढदै गएकोले दिदि बहिनीहरु जम्मा भएर कार्यक्रम गरे समुदायमासंक्रमण फैलिने डरले घरमै सामान्य रुपमा शिवजीको पुजा अर्चना गरि तिज पर्व विदाई गरेका छन् ।

नेपाल सरकारले महामारीको रुपमा फैलिएको कोरोना भाईरस भिडभाड गरे समुदायमा फैलिन सक्ने भएकोले नागरिकले मनाउने चाँड पर्व लगाएत सरकारले संचालन गर्ने कार्यक्रमहरु नगर्ने अति आवश्यक कार्यक्रमहरु नागरिकको दुरी कायम गरि सेवा प्रवाह गर्न सम्वन्धित निकायलाई सुचना गरि सकेकोले सरकारले जारी गरेको आदेशलाई पालना गर्दै चाँड पर्वहरुलाई नागरिकले सामान्य रुपले मनाएका छन् ।

तिजको दिन व्रत वसी विवाह गरेका नारीलेश्रीमानको आयु बृद्धीका लागी र विवाह नगरेका नारीहरुले भगवान शिव जस्तै श्रीमान प्राप्त होस भनी शिव भगवानको पुजा अर्चना गरि खुसी साटा साट गरि बेलुका डेग र मादल घन्काएर नाच गान गरी भोली पल्ट जलासय र घारामा नुहाएर ब्रतको विर्सजन गरि हर्ष उल्लासका साथ विदाई गर्ने हिन्दु नारीको महान पर्व हरितालीका तिज यस वर्ष कोरोना भाईरसका कारण सामन्य पुजा अर्चना गरी सुनसान अवस्थामा विदाई गरेका छन् ।

गत बर्ष दिदि बहिनीहरु मिलेर एक महिना अगाडी देखी दर खाने नाचँ गान लगाएत खुसी साटासाट गरेर मनाउने पर्व यस बर्ष कोरोना भाईरसका कारण बजारमा चिज वस्तु प्रयाप्त नभएकोले घरमै भएको चिज वस्तु खाएर व्रत गरेका छन् । महिलाहरुको महान पर्वका रुपमा रहेको हरितालीका तिज आउन त आयो तर खुसी नदिएरै गयो गत बर्ष धुमधामले पुजा अर्चना लगाएत नाचगान गरि मनाउने पर्व कोरोना भाईरस सर्ने डरले घरमै सामान्य रुपले मनाएको भेरी नगरपालिका ४ का सिर्जना शर्माले वताउनु भयो ।

यस्तै अवस्था सिर्जना भए दशै तिहार लगाएतका स्थानिय मेला लोप हुदै जाने निश्चित देखिएको छ त्यति मात्र नभएर घरमा खानेकुरा नभए रोगले भन्दा भोकले मर्नु पर्ने अवस्था नआउला भन्न सकिदैन बजार क्षेत्रमा सवै किनेर खानु पर्ने अवस्था छ गाँउवाट दुध दहि तरकारी लगाएतका दैनिक उपभोग्य वस्तु आयातमा निकै कमि आएको भेरी नगरपालिका ३ की ज्ञानु लामिछानेले वताउनु भयो । कोरोना कहर फैलिन सक्ने भन्दै गाउँबाट बजारमा दुघ, दहि प्रयाप्त मात्रामा नआउदा भगवानलाई चढाउनको लागी एक माना दहि समेत नपाएको दुखेसो पोख्नुु भयो । नागरिकहरुसग पैसा भएपनि बजारमा खानेकुरा नपाइने अवस्था आएकोले चाँड पर्वहरु मनाउन निकै समस्या भएको लामिछानेको भनाई रहेको छ ।

यस पालिको तिजमा प्रयाप्त मात्रामा खानेकुरा लगाएत नाच गान नभएकोले पर्व वचाउनको लागी ब्रत गरेको पाईन्छ । कम्तीमा पनि ५ देखि १० जना महिला जम्मा भएर ऋषि पन्चमीको ब्रत गर्ने विहाना जलासयमा गएर नुहाउने घरमा फर्केर सप्तऋषिको पुजा अर्चना गरि नाच गान गरि विदाई गर्ने ब्रत कोरोना भाईरसको संक्रमण फैलिने डरले छोड्न मन नभएपनि ब्रत छोड्नु परेको स्थानिय महिलाहरुले वताएका छन् ।