मानिसलाई आक्रमण गर्दा हँसियाले हानेर चितुवा मारियो (भिडियोसहित)

0
Shares

नविन लामिछाने, मनाङ ।

लमजुङ बेशीसहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिसलाई आक्रमण गर्दा चितुवा मारिएको छ । चितुवाले बालकमाथि आक्रमण गर्न खोजे पछि ६३ वर्षीय हरि बहादुर थापाले हसिया प्रहार गर्दा चितुवा मारिएको हो ।

थापा र चितुवा लरेका थिए भने लड्दै गर्दा चितुवा घटनास्थलमा नै मारिएको र थापा घाइते भएको जिल्ला प्रसासन लमजङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिए । अहिले घाइतेलाई प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको प्रजिअ शर्माले बताए ।

उनका अनुसार विहान ६ बजेतिर चितुवा गाउँ पसेको थियो । मारिएको चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको शर्माले बताए । ‘वन ऐन अनुरुप उहाँहरुले व्यवस्थापन गर्नुहुनेछ,’ प्रजिअ शर्माले भने ।