सुनको मूल्य तोलामा चार सय रुपैयाँले गिरावट


काठमाडाैँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ।

शुक्रबार ९८ हजार ८ सयमा कारोबार भएको सुनको मुल्य आज ४ सयले घटेर ९८ हजार ४ सय पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुनको मूल्य पनि घटेकाे छ।

आइतबार तेजावी सुनको मूल्य ९७ हजार ९ सय कायम भएको छ। शुक्रबार तेजावी सुन ९८ हजार ३ सयमा काराेबार भएकाे थियाे ।

शुक्रबार १३७० मा काराेबार भएकाे चाँदीको मूल्य आजको लागि प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको छ।