दुवै सान्जेन जलविद्युत् आयोजनाको निर्माण अवधि लम्बियो


रसुवा (नेस)
व्यावसायिक रूपमा सफल मानिएको चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी सान्जेन जलविद्युत् कम्पनीले जिल्लामा निर्माण गरिरहेको दुई जलविद्युत् आयोजनाको निर्माण अवधि लम्बिने भएको छ । निर्माण पूरा हुने समयमा प्राकृतिक एवम् लकडाउन हुँदा आयोजनाबाटको काम प्रावित भई निर्माण अवधि लम्बिएको हो ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार आयोजनाबाट २०७७ असार मसान्तसम्म काम पूरा गर्ने लक्ष्य राखिएको थियो । कम्पनीले जिल्लाको आमाछोदिङमो गाउँपालिकाको चिलिमे र गोल्जुङमा १४ दशमलव ८ मेगावाटको सान्जेन (माथिल्लो) र ४२ दशमलव ५ मेगावटको सान्जेन जलविद्युत् आयोजना गरी कुल ५७ दशमलव ३ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ ।

दुई आयोजनामध्ये माथिल्लो सान्जेनको ८७ प्रतिशत र सान्जेन जलविद्युत् आयोजनाको ७६ प्रतिशत निर्माण कार्यमात्रै पूरा भएकोछ ।

कोभिड—१९ महामारीका कारण चिनियाँ ठेकेदार तथा कम्पनीले काम नगर्दा निर्धारित समयभन्दा कम्तीमा पनि एक वर्षपछि मात्रै आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन हुने बताइएको छ । समयमै विद्युत् उत्पादन नहु“दा आयोजनाको लागत बढ्ने भएको छ ।