झापा प्रहरीद्वारा एक महिनामा ५३ लाखको अवैध सामान बरामद

0
Shares

न्युज अफ नेपाल, भद्रपुर ।

भारतबाट ल्याउँदै गरेको ५३ लाख ९ हजार ५ सय मूल्य बराबरको अबैध सामान झापा प्रहरीले बरामद गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण भारतसँगको सीमा बन्द गरिएपनि कारोबारीले भारतबाट लुकाईछिपाई अबैध रुपमा सामान ल्याउने क्रमबाट तस्करी बढेको पुष्टि भएको छ । प्रहरीले बरामद गरेको सामान साउन महिनाको हो ।

जिल्ला प्रहरी कार्यालयले निकालेको तथ्याङ्क अनुसार साउन महिनामा लताकपडा १० लाख ९१ हजार ८७० , किराना सामान २३ लाख २ हजार ६० ,विद्युतीय सामान २ लाख ९ हजार ५ सय,सवारी पाटपूर्जा १ लाख ६३ हजार र अन्य सामान ३८लाख २१ हजार ९ सय रुपैयाँ बराबरको बरामद भएको हो । सामानहरुलाई भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउँनुभयो ।

त्यसैगरी नेपालबाट भारततर्फ लाँदै गरेको ९ वटा चौपाया प्रहरीले पक्राउ गरेको छ । दुइवटा गाइ र ७ बाछाबाछी रहेका छन् । चौपायामध्ये गाईलाई गौशाला र तस्करसहित गोरुहरुलाई मेची र भद्रपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीको भनाइ छ । भारतसँगको सीमा बन्द गरिएपनि तस्करी रोकिएको छैन । सीमामा सुरक्षाकर्मी खटाइएपनि अबैध ओसारपसार जारी रहेको छ ।