भोजपुरमा कार्यरत तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, भोजपुर ।

भोजपुरमा कार्यरत तीन जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।

भदौ २ गते विराटनगरबाट सरुवा भएर आएका उनीहरुलाई जिल्ला प्रवेश गर्नु पूर्व अरुण गाउँपालिका–६ जरायोटारमा निर्माण गरिएको होल्डिङ एरियामा राखिएको थियो । त्यहाँ गरिएको पिसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो ।