नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ प्रहरीमा कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

दुई जना जनपद प्रहरी र ७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको हो । नेपालका परिवार सदस्य र उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीको बिहीबार स्वाब संकलन गरी परीक्षण गरिएको थियो । जसमा नेपालका ९ जना अंगरक्षकलाई कोरोना पोजिटिभ भएको रिपोर्ट आएको छ ।

कोरोना संक्रमण पुष्टि भएका उनीहरुलाई आइसोलेसनमा राखिएको छ ।