कालीगण्डकी गाउँपालिकाको प्रशासकीय भवनको शिलन्यास।


भूपराज बस्याल, स्याङ्जा ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको प्रशासकीय भवनको निर्माण कार्य सुरु भएको छ ।

कालीगण्डकी गाँउपालिका वडा नम्वर ४ गहलाममा बन्न लागेको भवनको शुक्रबार गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले शिलन्यास गर्नुभयो । भवनको शिलन्यास गर्दै अध्यक्ष थापाले भवनको निर्माण कार्य समयमै सम्पन्न हुने बिश्वास व्यक्त गर्नुभयो ।

सात करोड ७० लाख ९७ हजारको लागतमा निर्माण हुन लागेको भवन निर्माणको जिम्मा भने श्याम सुन्दर निर्माण सेवा कम्पनी, काठमाडौले पाएको छ । भवन २०७८ सालको असोज महिना निर्माण कार्य सम्पन्न हुने अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो ।