भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

सरकारले भदौं १६ देखि अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ ।

मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, क्यानडा, अमेरिका र युरोपेली मलुकबाट जस्ता आरटी र पीसीआर परीक्षण सहज भएका मुलुक तथा सहरबाट नियमित उडान खुला गरिने भएको छ । एक दिनमा यात्रुको आगमन संख्या ५ सय तोकिएको सरकारका प्रवक्ता युवराज खतिवडाले बताएका छन् ।

‘आरटीरपीसीआर परीक्षण सहज भएका मुलुकरसहरहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, क्यानडा, अमेरिका र युरोपेली मलुकबाट नेपाल सरकारको अनुमति पाएका नेपाली नागरिकहरु र नेपालस्थित विदेशी नियोगका कटुनितिज्ञ तथा कर्मचारीहरु, संयुक्त राष्ट्रसंघ तथा विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिहरुलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गर्ने,’ मन्त्री खतिवडाले भने ।

नियमित उडानको तालिका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाउने उनले बताए । यस्तै, कोरोना परीक्षणको व्यवस्था सहज नभएका मुलुकबाट भने तत्काल नियमित उडान हुने छैनन् । खतिवडाका अनुसार यस्ता मुलुकबाट नियमति उडान नभई सरकारको अनुमतिमा चार्टर उडान हुने भएको छ । नेपाल आउन यात्रुले ७२ घन्टा अघिको आरटीरपीसीर नेगेटीभ भएको रिपोर्ट बुझाउनुपर्ने छ ।