विनयी त्रिवेणी गाउँपलिकामा एकै दिन १८ जनामा कोरोना पुष्टि, १३ जना एउटै वडाका

188
Shares

घनश्याम बगाले, नवलपरासी । 

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउंपालिकामा शुक्रबार एकै दिन १८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये १३ जना एकै वडाका रहेकाछन भने ५ जना अर्को वडाका हुन् ।

विनयी त्रिवेणी गाउं पालिकाको वडा नं. ६ मा संकलन गरिएका १ सय १६ स्वाव मध्ये प्रदेश जनश्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेशबाट प्राप्त १ सय ८ स्वावको परीक्षण रिपोर्टमा एकै गाउंपालिकाका १८ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।

कोरोना पुष्टि हुनेमा वडा नं. ६ का ३ महिला र १० जना पुरुष रहेकाछन् भने वडा नं. ७ का २ महिला र ३ पुरुषमा संक्रमण देखिएको हो ।स्थानीय एक ब्यापारी महिलामा संक्रमण देखिए पछि समुदाय स्तरमा कोरोना संक्रमण पुगेको आशंकामा गरिएको स्वाव संकलन र परीक्षणमा यती ठूलो परिमाणमा संक्रमण पुष्ठि भएको हो ।

संक्रमितहरुलाई जिल्लाको रजहर स्थित अस्थाई कोरोना अस्पताल, सामुदायिक प्राकृतिक चिकित्सालय रजहर लैजाने तयारी भएको गाउंपालिका स्वास्थ्य शाखा विनयी त्रिवेणीले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीबाट जारी विवरण अनुसार पछिल्लो २४ घन्टामा जिल्ला भित्र २० जनामा कोरोना संक्रमण पुष्ठि भएको उल्लेख गरिएको छ ।

जिल्ला अस्पताल बन्द

पूर्वी नवलपरासीको कावासोतीका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भए पछि संक्रमितले उपचार सेवा लिईरहेको डण्डा स्थित मध्यविन्दु जिल्ला अस्पताल बन्द गरिएको छ ।

यही भदौ २ मध्यविन्दु जिल्ला अस्पतालमा भर्ना भई उपचार गराई रहेका कावासोती १६ का वर्षीय पुरुष विरामीमा शुक्रबार कोरोना संक्रमण देखिए पछि अस्पताल बन्द गरिएको हो ।

जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुनिलराज गौतमले एक विज्ञप्ती प्रकासित गर्दै अस्पतालको आईसोलेशनमा रहेका संक्रमित विरामीको सम्पर्कका कारण अस्पताल बन्द गरिएको छ ।

विज्ञप्तीमा अस्पतालमा विरामीको उपचारका क्रममा सम्पर्कमा आएका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको स्वाव संकलन र अस्पताललाई निर्मलिकरण गर्नु पर्ने भएको अस्पतालको अत्यावस्यक बाहेक सवै सेवा वन्द गरिएको उल्लेख गरिएको छ ।
आउदो आईतबार संक्रमित विरामीको सम्पर्कमा आएका कर्मचारीको स्वाव संकलन हुने र स्वाव परीक्षणको नतिजा नआउदा सम्म अस्पतालको सेवा वन्द रहने विज्ञप्तीमा उल्लेख गरिएको छ ।