करेन्ट लागेर एकको मृत्यु, एक घाइते


न्युज अफ नेपाल, पाल्पा ।

पश्चिम पाल्पामा विद्युत सर्ट हुँदा एक जनाको मृत्यू भएको छ ।

रैनादेवी छहरा गाउँपालिका ६ खुनधारामा विद्युत सर्ट भइ करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार हावाहुरी आइरहेको समयमा ृसुक्रबार विहान अचानक विद्युत् सर्ट हुँदा २७ वर्षकी दिल कुमारी पुनको मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएकी पुनको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारका लागि ल्याउदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करेन्ट लागेर सोही स्थानका ५२ वर्षका झमान सिंह पुन करेन्ट लागेर घाइते हुनुभएको छ । उहाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

उहाँको मिशन अस्पताल पाल्पामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।