छतबाट खस्दा खाँम्चाको मृत्यु


यमलाल भुसाल, बुटवल।

रुपन्देहीको जगदम्बा धागो उद्योगमा काम गर्ने वर्ष २३ को कमल खाँम्चाको चार तल्ले भवनको छतबाट खस्दा मृत्यु भएको छ ।

पाल्पा जिल्ला रिब्दिकोट गाउँपालिका वडा नम्बर ८ घर भई हाल जिल्ला रुपन्देही मायादेबी गाउँपालिका वडा नम्बर ३ मा रहेको जगदम्बा धागो उद्योगमा काम गर्ने खाँम्चा आफु बस्ने डेराको चार तल्ले भवनको छतबाट खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।