नेपालमा एकैदिन ११ कोरोना संक्रमितको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १० पुरुष र एक महिला गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । मोरङ, पर्सा, बारा, काठमाडौँ, ललितपुर, मकवानपुर, चितवन, सप्तरी, सर्लाही, दोलखा र प्यूठानमा एक–एक जनाको कोरोनाबाट मृत्य भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ।