आज थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० हजार नाघ्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यससहित नेपालमा हालसम्म १८ हजार २१४ जना कोरोना मुक्त भएका छन् । नेपालमा हालसम्म १३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।