आइसोलेसनलाई जेनेरेटर र इन्धन


न्युज अफ नेपाल, हेटौंडा ।

ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) केन्द्रीय उपाध्यक्ष तथा मकवानपुरका सञ्चारउद्यमी उज्ज्वल चौलागाईंले हेटौंडा–६ को गौरीटारमा रहेको कोरोना आइसोलेसनका लागि जेनेरेटर उपलब्ध गराउनुभएको छ ।

आइसोलेसनलाई आवश्यक परुञ्जेलसम्मका लागि जेनेरेटर सहयोग गरिएको उहाँले बताउनुभयो । गौरीटारको आइसोलेसन वार्डमा विद्युत्को समस्या भएको खबर आएपछि आइसोलेसन सञ्चालन अवधिभर जेनेरेटर सहयोग गर्ने घोषणा गर्नुभएका चौलागाईंले शुक्रबार जेनेरेटर आइसोलेसन वार्डलाई सहयोग गर्नुभएको हो । युवा व्यबसायी निर्मल देबकोटाले जेनेरेटरमा लाग्ने इन्धन दिने प्रतिवद्धता गर्नुभएको छ ।

बिहीबार त्यहाँका संक्रमितले विद्युत् सेवा नहुँदा पानी तताउन समस्या भएको र मोबाइल चार्ज गर्न समस्या भएको जनाएका थिए । बिहीबार दिनभर विद्युत् अवरोध हुँदा संक्रमितहरु समस्यामा परेका थिए ।