तीस लाखको बराबरको ट्रक र मदिरा नियन्त्रणमा


लहान ।

सप्तरी सीमा सुरक्षासहित कोरोना रोकथाम तथा नियन्त्रणका लागी व्यापकरुपमा सशस्त्र प्रहरीको उपस्थिति रहँदा पनि लकडाउनको समयमा तस्करी बढदै गएको छ ।

जिल्लाका सबै सीमानाकाहरुमा आवत जावतमा पूर्ण रोक लगाउनुका साथसाथै तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपालले सफलता प्राप्त गर्दै अाएकाे छ ।

सप्तरीका प्रमुख सशस्त्र प्रहरी एसपि राजु श्रेष्ठको कमान्डमा र नौ जना मोबाइल गस्तीले टोलिले राजगड गाउँ पालिका गौरा चौक देखि तीन सय मिटर दर्क्षिन नौ सय काटुङ मदिरा र ट्रकमा अवैधरुपमा लुकाइछुपाइ ल्याउदै गरेको तिस लाख मूल्य बराबरको मदिरा ,ना २ ख ७२७२ नम्बरको ट्रक सहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएको ट्रक र मदिरा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय राजबिराजमा बुझाइएको सशस्त्र प्रहरीका एसपी राजु श्रेष्ठले जानकारी दिनुभयो