वृद्धभत्ता नपाएको भन्दै तालाबन्दी


बाजुरा, (नेस)
बूढीगंगा नगरपालिका–८ को वडा कार्यालयमा वृद्धभत्ता नपाएको भन्दै तालाबन्दी गरिएको छ ।
गतआर्थिक वर्षको चार महिनाको सामाजिक सुरक्षाभत्तानपाएकाले तालाबन्दी गरेको स्थानीय सेत रावल बताउनुहुन्छ ।
वडामा रहेका वयोवृद्धले भत्ता नपाएको र अहिलेसम्म पनि सरकार बेखबर भएको भन्दै तालाबन्दी गरेको डिल्लीसिं बानियाले बताउनुभयो । गत आर्थिक वर्षको चैतदेखि असारसम्मको सामाजिक सुरक्षाभत्ता नपाएको बनियाँको कथन छ । वडामा पटक–पटक बुझ्दा नगरपालिका नै बेखबर भएपछि तालाबन्दी गरेको बानियाको भनाइ छ ।
वडाध्यक्ष टेकबहादुर रावलले भने यस विषयमा आफू वडा कार्यालय नरहेकाले केही थाहा नभएको बताउनुुभयो ।