आज थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म १२२ जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताएका छन् । पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यससहित नेपालमा हालसम्म १७ हजार ९६४ जना कोरोना मुक्त भएका छन् । नेपालमा हालसम्म १२२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा मात्र आज २०० जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा १७४, भक्तपुरमा ८ र ललितपुरमा १८ जनामा कोरोना संक्रमण देखिएको हो ।