क्यान्सर पिडित बालकलाई गुजरातबाट आयो आर्थिक सहयोग


बासुदेव शर्मा, जाजरकोट ।

जाजरकोट ब्लड क्यान्सरका बिरामी २० महिने एक बालकलाई भारतको गुजरातमा वस्ने ४ युवाले आर्थिक सहयोग गरेका छन् । भेरी नगरपालिका १३ जाजरकोटका यज्ञ रोकायका छोरा युनिक रोकायलाई ब्लड क्यान्सर भएपछि अहिले कान्ति बाल अस्पताल काठमाण्डौमा उपचार भईरहेको छ । भारतको गुजरात अहम्दावादमा कामको सिलसिलामा बसेका युवाहरुले ९४ हजार ७ सय २० रुपैया आर्थिक सहयोग गरेका छन् ।

२० महिने बालक युनिक रोकायलाई आर्थिक अभावका कारण उपचारमा समस्या भन्ने समाचार तथा सामजिक संन्जालमा प्रकाशन भएपछि कान्ति बाल अस्पताल काठमाण्डौमा उपचारर्थ बालकलाई विदेशी भुमीबाट आफनो एक छाक खानामा लाग्ने रुपैया संकलन गरी युवाले सहयोग गरेका हुन ।

प्राण घातक ब्लड क्यान्सर रोगलागेर अस्पतालको वेडमा छटपटाई रहेका बालक युनिक रोकायलाई सामाजिक सन्जाल र नेपाल समाचार पत्रको अनलाईनमा प्रकाशित समाचार पढेर यस्तो सम्वेदनसिल अवस्थामा बालकलाई केहि सहयोग गर्नु पर्छ भन्ने उद्धेश्यले भेरी नगरपालिका १३ का गोपाल रोकाय, लक्ष्मण रोकाया, भावुक वि क सल्यान जिल्ला कुमाख मालिका गाँउपालिका टाट्के स्थायी घर भई हाल भारतको गुजरातमा रहेका मान वहादुर कुमालले उपचारार्थ बालकलाई ४ युवाले संकलन गरि ९४ हजार ७ सय २० रुपैया सहयोग गरेका छन् ।

अबोध बालकलाई यति ठुलो प्राण घातक ब्लड क्यान्सर रोग लागेको समाचार सुन्दा सानो सहयोग गर्न सके उपचारमा थप सहयोग पुरयाउने भएकोले साथीहरु मिलेर सहयोग गरेको लक्ष्मण रोकायले वताउनु भयो ।

ज्याला मजदुरी गरेर जिविका निर्वाह गर्दै आएका दुर्गम भौगोलिक विकटता खाद्यन्न प्रयाप्त उत्पादन नहुने जाजरकोटका नागरिकलाई जटिल रोग लाग्यो भने उपचार खर्च जुटाउन धौ पर्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएर जटिल रोगले आक्रान्त भएका स्थानियहरुलाई सहयोग गर्नु ठुलो पुन्यको काम भएकोले उपचारार्थ बालकको जिवन रक्षामा लागी सहयोग गरेको रोकायाले वताउनु भयो ।

कान्ति वाल अस्पताल काठमाण्डौको बेडमा छटपटाई रहेका छोराको उपचारमा विदेशी भुमीबाट जिवन रक्षाको लागी आर्थिक सहायोग गर्ने आफन्त साथीभाई लगाएत सम्पुर्ण सहयोगीहरुलाई बुवा यज्ञ रोकायाले धन्यवाद दिनु भयो । ज्याला मजदुरी गरी जिवन निर्वाह गर्दै आएको अन्य आय स्रोत कुनै नभएकोले आफुसग उपचारमा लाग्ने मोटो रकमजुटाउन नसक्ने अवस्था भएकोले उपचारमा २५ देखी ३० लाख रुपैया खर्च लाग्ने भएकोले देश भित्र र वाहिर रहेका सम्पुर्ण नेपालीहरुमा आर्थिक सहयोगको अपेक्षा गरेको बताउनु भयो ।