सिटी एक्सप्रेस ब्रुनईको रेमिट्यान्स् कम्पनीबीच सम्झौता


काठमाडौं, (नेस)
सिटी एक्सप्रेस मनि ट्रान्सफर र ब्रुनईको सियमली रेमिट्यान्सबीच रेमिट्यान्स सम्झौता भएको छ । ब्रुनईमा भएका नेपालीले सो कम्पनीको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत नेपालमा पैसा पठाउन सक्नेछन् । उक्त सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सियमलीका निर्देशकले हस्ताक्षर गर्नु भएको छ।